Like us!
Follow us!
Connect us!
Watch us!

सिङ्गापुरमा कोभिड संक्रमण तीव्र रुपमा फैलाएका केपि.१ र केपि.२ भेरियन्ट नेपालमा पनि पुष्टि

अर्थ संसार

शुक्रबार, ११ जेठ २०८१, १३ : २२ मा प्रकाशित

सिङ्गापुरमा कोभिड संक्रमण तीव्र रुपमा फैलाएका केपि.१ र केपि.२ भेरियन्ट नेपालमा पनि पुष्टि

सिङ्गापुरमा कोभिड संक्रमण तीव्र रुपमा फैलाएका केपि.१ र केपि.२ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

ओमिक्रोनका भेरियन्ट ती दुई भाइरस पछिल्लो समयमा भारतमा पनि फैलिएको छ । भारतमा गत मङ्गलबार ३२४ जनामा कोभिड पुष्टि भएकोमा २९० जनामा केपि.२ र ३४ जनामा केपि.१ भेरियन्ट पुष्टि भएको छ । नेपालमा पनि ४० नमुनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा यी दुई भेरियन्ट पुष्टि भएको हो ।

सिङ्गापुरमा यी दुई भेरियन्ट निकै तीव्र रुपमा फैलिरहेका थिए । मे ५ देखि मे ११ सम्मको अवधिमा त्यहाँ संक्रमितको संख्या २५ हजार ९ सय पुगेको थियो । संक्रमण तीव्र फैलिएपनि स्वास्थ्यमा नयाँ भेरियन्टले गम्भीर समस्या भने उत्पन्न नगरेको वैज्ञानिकहरुको भनाई छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको