Like us!
Follow us!
Connect us!
Watch us!

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, एकैदिन तीन जनाको ज्यान लियो

अर्थ संसार

बुधबार, ०४ पुस २०८०, १३ : ४४ मा प्रकाशित

भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, एकैदिन तीन जनाको ज्यान लियो

भारतमा कोभिड भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । कोभिड १९ सब भेरियन्ट जेएन.१ नाम दिइएको उक्त भेरियन्टबाट सक्रिय संक्रमितको संख्या २३ सय ११ पुगेको जनाइएको छ ।

केरला राज्यमा पहिलोपटक देखिएको उक्त नयाँ भेरियन्टले पछिल्लो २४ घन्टामै तीन जनाको ज्यान लिइसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।  उक्त अवधिमा भारतभरि कुल तीन सय ४१ नयाँ संक्रमित पुष्टि भएकोमा केरलामा मात्र दुई सय ९२ नयाँ संक्रमित फेला परेको जनाइएको छ । त्यहाँका स्वास्थ्यमन्त्री मनसुख मान्डभियाले आत्तिनुपर्ने अवस्था नरहेको र कुनै किसिमको प्रतिबन्ध नलगाइएको जनाएका छन् । उनले परीक्षण र निगरानी तीव्र पारिएको पनि बताए ।

भाइरस फैलिन थालेपछि उत्तराखण्ड सरकारले अस्पतालहरुलाई कोभिड गाइडलाइन्स पालना गर्न तथा बिरामीको सबै रेकर्ड राख्न पनि निर्देशन दिएको छ । श्वासप्रश्वास सम्बन्धि कोभिड-१९ लगायत रोग फैलिएपछि दिल्लीमा पनि उच्चस्तरीय बैठक बसेको जनाइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको