Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ बैंककाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेप्से

आइतबार, ०७ कार्तिक २०७८, ०५ : १५ मा प्रकाशित

नेप्सेमा २ बैंककाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माछापुच्छ्रे बैंक लिमिटेड र सानिमा बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

माछापुच्छ्रे बैंककाे १३.३० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय २२ रूपैयाँ ०७ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ३ सय ६४ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको तेइसौँ वार्षिक साधारण सभा कात्तिक २६ गते दिउँसो ११ बजबजेदेखि भिडियो कन्फरेन्सको माध्यमबाट सञ्चालन हुनेछ । सभामा बैंककाे हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सानिमा बैंककाे १७ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय १७ रूपैयाँ ७८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ४ सय ८८ रुपैयाँ ८० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको १७औँ वार्षिक साधारण सभा कार्तिक १४ गते आइतबार, आम्रपाली ब्यांक्वेट, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८९ प्रतिशत नगद गरी कुल १७.८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

61749cc38bbb8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको