Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव

पत्रपत्रिका

आइतबार, ०७ कार्तिक २०७८, ०५ : ४३ मा प्रकाशित

पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको लगानी प्रस्ताव

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमै करीब डेढ खर्ब बराबरको स्वदेशी तथा विदेशी लगानी प्रस्ताव भएको छ ।

उद्योग विभागले हालै सार्वजनिक गरेको त्रैमासिकको विवरणअनुसार ३ महीनाको अवधिमा १ खर्ब ४६ अर्ब बराबरको लगानीका स्वदेशी तथा विदेशी उद्योग दर्ता भएको हो ।

आर्थिक वर्ष २०७८/७९ को असोज मसान्तसम्ममा १ खर्ब २२ अर्ब बराबरको लगानीमा स्वदेशी ८७ उद्योग दर्ता भएका छन, जसमा २६ ओटा ठूलो, ३४ ओटा मझौला र २७ ओटा साना उद्योग दर्ता भएको तथ्यांकले देखाउँछ । सोही अवधिमा २४ अर्ब बराबरको १ सय ७ ओटा विदेशी उद्योग दर्ता भएका छन् ।

दर्ता भएको उद्योग र लगानीको अवस्था हेर्दा पछिल्ला वर्षहरूमा उद्योग दर्ताको संख्यामा कमी आएको देखिन्छ भने विदेशी लगानी प्रतिबद्धतामा केही मात्रा वृद्धि भएको तथ्यांकले पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७४/७५ को पहिलो ३ महीनामा १ सय ३९ उद्योग दर्ता भएका थिए । त्यति बेला ७३ अर्ब ६७ करोड ५० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालू आर्थिक वर्ष २०७८/८९ को साउन–असोजसम्म भने ८७ उद्योग दर्ता भएको र तिनमा १ खर्ब २२ अर्ब १८ करोड २० लाख रुपैयाँ रकम लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

२०७५/७६ मा १ सय ७५ उद्योगमा ६८ अर्ब ३५ करोड ८० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । २०७६÷७७ मा ८३ उद्योगमा ५२ अर्ब २४ करोड २० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ । २०७७/७८ को साउन–असोजसम्म भने ५९ उद्योग दर्ता भएका छन् । यसका लागि उद्योगीहरूले ६२ अर्ब ३७ करोड १० लाख रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन ।

सरकारले लगानीमैत्री वातावरण बनाउँदै जाँदा लगानीका लागि प्रतिबद्धता आउनेक्रम बढेको उद्योग विभागका अधिकारीहरू बताउछन । विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले भने, ‘कोभिडपछि सरकारले उद्योगहरूमा लगानी विस्तारका लागि खुकुलो नीति लिदाँ त्यसको असर लगानी प्रतिवद्धतामा देखिएको हो ।’

चालू आर्थिक वर्षको ३ महीनाको अवधिमा उद्योग दर्ता भई लगानी प्रस्ताव गरेका स्वदेशी तथा विदेशी परियोजनाहरूमा १५ हजार ३ सय २९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने उल्लेख छ, जसमा स्वदेशी उद्योगले ८ हजार १ सय ३४ जनालाई र विदेशी उद्योगले ७ हजार १ सय ९५ जनालाई रोजगारी प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

त्यसैगरी, विभागका त्रैमासिकको प्रगति विवरणअनुसार ५ ओटा डिजाइन र ९ सय १० ओटा ट्रेडमार्क दर्ता भएका छन, साथै, विभागले १४ ओटा प्रारम्भिक वातावरणीय परीक्षण, ५४ ट्रेडमार्कलाई मुद्दा कारबाही गरेको तथ्यांकले देखाउँछ ।

(याे समाचार आजकाे आर्थिक अभियानमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको