Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्टले साधारण सभा डाक्यो, बुक क्लोज कहिले?

अर्थ संसार

बुधबार, ०४ भदौ २०८२, ०७ : ३८ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्टले साधारण सभा डाक्यो, बुक क्लोज कहिले?

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भदौ २५ गते, बुधबार, राजधानीस्थित आम्रपाली ब्याङ्क्वेटमा आफ्नो १७ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा बिहान १० बजेबाट सुरु हुने कम्पनीले जानकारी दिएको छ।

सभाले चालु चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, समूह ‘क’ का तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालक नियुक्ति अनुमोदन गर्ने एजेन्डा समेत रहनेछ।

लाभांश तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने भएको छ। यसअनुसार भदौ १२ गतेसम्म सेयरधनी रहेको हकवालाले लाभांश प्राप्त गर्ने र सभामा सहभागी हुन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको