Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, ०७ कार्तिक २०७८, ०५ : ५१ मा प्रकाशित

गुराँस लघुवित्तकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडकाे लाभांश सुरक्षित गर्ने आज (कार्तिक ७ गते, आइतबार) अन्तिम दिन रहेकाे छ । 

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भाेलि कार्तिक ८ गतेदेखि कार्तिक २२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, आज (कार्तिक ७ गते, आइतबार) सम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे छैठाैँ वार्षिक साधारण सभा कार्तिक २२ गते, साेमबार न्यू अञ्जुली हाेटल, धनकुटामा बिहान ११ बजेबाट सुरू हुनेछ । 

सभामा संस्थाकाे असाेज १० गते बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.८८९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक  नियुक्ती  गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू पनि छलफल गरी पारित गरिनेछ ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको