गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय नतिजा सार्वजनिक गरेको छ। सार्वजनिक अपरिष्कृत विवरणअनुसार कम्पनीले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा झण्डै ९० प्रतिशतले बढी हो।
गत वर्षको सोही अवधिमा लघुवित्तको नाफा २ करोड ८ लाख रुपैयाँमा सीमित थियो।
लघुवित्तको खुद ब्याज आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। अघिल्लो वर्षको ८ करोड २८ लाख रुपैयाँको तुलनामा यसपालि १३ करोड २३ लाख रुपैयाँ आम्दानी गर्न सफल भएको हो। यो ५९.७४ प्रतिशतको वृद्धि हो।
चुक्ता पूँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको गुराँस लघुवित्तले जगेडा कोषमा ६ करोड ५७ लाख रुपैयाँ सञ्चित राखेको छ। समीक्षावधिमा संस्थाले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ बराबरको सापटी र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरेर कूल १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
समीक्षावधिमा प्रतिसेयर आम्दानी १६ रुपैयाँ १८ पैसाले बढ्दै ३४ रुपैयाँ १७ पैसामा पुगेको छ। खराब कर्जा अनुपात पनि घटेर २.९१ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्ष ३.६७ प्रतिशत थियो। यसले संस्थाको ऋण व्यवस्थापनमा आएको सुधार झल्काउँछ।
मूल्य–आम्दानी अनुपात (P/E Ratio) ६४.७८ गुणामा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ७९ पैसामा कायम छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस