Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तको नाफा १४४९% बढ्दा कति पुग्यो ईपीएस ?

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ०८ : ०९ मा प्रकाशित

गुराँस लघुवित्तको नाफा १४४९% बढ्दा कति पुग्यो ईपीएस ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मकोअपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। लघुवित्तको  अधिकांश वित्तीय सूचकमा सुधार देखिन्छ। 

खुद नाफा
गुराँसले गत असार मसान्त सम्म २ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १६ लाख ७६ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । संस्थाको खुद नाफा १४४९ प्रतिशतले बढेको देखिन्छ।  

खुद ब्याज आम्दानी बढ्नुले बढ्यो नाफा 
संस्थाको खुद नाफा बढ्नुमा खुद ब्याज आम्दानीको वृद्धि कारण रहेको देखिन्छ। संस्थाले चौथो त्रैमाससम्ममा ८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो असार सम्म ५ करोड ६० लाख रुपैयाँ रहेको थियो। जुन ४७.९४ प्रतिशतले बढेको हो ।
 
सञ्चालन मुनाफा
समीक्षा अवधिमा कम्पनीको सञ्चालन नाफा पनि २३ लाख ७४ हजार रुपैयाँबाट बढेर ३ करोड ६० लाख ४३ हजार रुपैयाँ पुगेको छ । जुन रकम अघिल्लो आवको तुलनामा १ हजार ४१८ प्रतिशतले बढेको हो । 

घट्यो खराब कर्जा 
खराब कर्जा ६.३६ प्रतिशतबाट घटेर २.४६ प्रतिशत पुगेको छ 

रिजर्भको आकार
४ करोड ७१ लाख रुपैयाँ (११४.६० प्रतिशतले बढयो) पुगेको छ ।

निक्षेप संकलन र कर्जा प्रवाह 
समीक्षा अवधिसम्म संस्थाको ३४ करोड ९४ लाख निक्षेप संलकन गरेर १ अर्ब ६८ करोड रुपैयाँकर्जा प्रवाह गरेको छ ।  

प्रतिसेयर आम्दानी(ईपीएस)
२५.६१ रुपैयाँ

प्रतिसयर नेटवर्थ
१४६.५२ रुपैयाँ

प्रतिसेयर कुल सम्पत्ति
१ हजार ७५८.६६ रुपैयाँ

मूल्य आम्दानी अनुपात
७१.२२ गुणा

तरलता अनुपात
६.५१ प्रतिशत 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको