Like us!
Follow us!
Connect us!
Watch us!

गुराँस लघुवित्तले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १० : ३७ मा प्रकाशित

गुराँस लघुवित्तले गर्याे लाभांश घाेषणा, नगद र बाेनस कति ?

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीको हिजाे (मंसिर २७ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.२१०५२६ प्रतिशत नगद गरी कुल ४.२१०५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

639957218bce2.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको