गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को चाैथाे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।
नाफा
उक्त विवरण अनुसार चाैथाे त्रैमाससम्म संस्थाकाे खुद नाफा २८ लाख ५३ हजार रुपैयाँमा सिमित भएको छ । यो नाफा रकम अघिल्लाे वर्षको सोही अवधिको तुलनामा ३१.०७ प्रतिशतले थाेरै हाे । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाले ४१ लाख ३९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।
व्याज आम्दानी
समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १७.१४ प्रतिशतले घटेर ५ करोड ५९ लाख ९८ हजार रूपैयाँमा सिमित भएकाे छ । अघिल्लाे वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ६ करोड ७५ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।
सञ्चालन मुनाफा
चाैथाे त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ३१.८३ प्रतिशतले घटेर ४४ लाख ७४ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लाे वर्ष संस्थाले ६६ लाख ६१ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।
चुक्ता पुँजी
संस्थाको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ रहेकाे छ ।
जगेडा कोष
जगेडा कोषमा २ करोड ५ लाख ४० हजार रुपैयाँ सञ्चित रहेको छ ।
प्रतिसेयर आम्दानी
संस्थाकाे वार्षिक प्रतिसेयर आम्दानी (ईपीएस) १० रुपैयाँ २६ पैसाले घटेर २ रुपैयाँ ८१ पैसामा सिमित भएकाे छ ।
प्रतिसेयर नेटवर्थ
संस्थाकाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस