Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, के बजारमा राैनकता फर्किएकै हो ?

नेप्से

सोमबार, ०८ कार्तिक २०७८, १५ : ०६ मा प्रकाशित

नेप्से परिसूचकसँगै बढ्याे काराेबार रकम, के बजारमा राैनकता फर्किएकै हो ?

साेमबार पनि सेयर बजारमा राैनकता देखिएकाे छ । आज बजार झण्डै ३.३९ प्रतिशतले बढेकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि बढेकाे छ । यस दिन डेढ दर्जन कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ ।

राष्ट्र बैंकले ब्याजदर वृद्धिमा कडाइ गरेपछि सेयर बजारमा राैनकता फर्किएकाे देखिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा पुगेकाे छ । नेप्से ३.३९ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेकाे छ ।

कूल २२९ वटा कम्पनीकाे ८३ लाख ९५ हजार ८ सय ६४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ८८ लाख ९५ हजार ५ सय ७५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै फाइनान्स र हाइड्राेपावर उपसमूह बढेकाे छ ।

 

6176789d48ef7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको