Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा, बाेनस कति ?

अर्थ संसार

सोमबार, ०८ कार्तिक २०७८, १६ : १३ मा प्रकाशित

एनआईसी एशिया बैंकले गर्यो लाभांश घोषणा, बाेनस कति ?

एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको आज कार्तिक ८ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

 यस्ताे छ  एनआईसी एशिया बैंकको ८ वर्षको लाभांश इतिहास :
१. आर्थिक वर्ष २०६९/७०

आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे ।

२. आर्थिक वर्ष २०७०/७१ 

आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १५ प्रतिशत बाेनस र १५ प्रतिशत नगद गरि कूल ३० प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

३. आर्थिक वर्ष २०७१/७२

आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३९ प्रतिशत बाेनस र २.०५ प्रतिशत नगद गरि कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

४. आर्थिक वर्ष २०७२/७३ 

आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २६ प्रतिशत बाेनस र १.३७ प्रतिशत नगद गरि कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

५. आर्थिक वर्ष २०७३/७४

आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २० प्रतिशत बाेनस र १.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

६. आर्थिक वर्ष २०७४/७५

आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ०.५२६ प्रतिशत नगद गरि कूल १०.५२६ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

७. आर्थिक वर्ष २०७५/७६ आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बाेनस र ११.०५ प्रतिशत नगद गरि कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

८. आर्थिक वर्ष २०७६/७७

 आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १९ प्रतिशत बाेनस र १ प्रतिशत नगद गरि कूल २०प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।

61768806bdded.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको