Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

अर्थ संसार

बुधबार, १० कार्तिक २०७८, ०६ : ४३ मा प्रकाशित

कामना सेवा विकास बैंककाे सेयरमूल्य समायोजन, समायोजन पछिको भाउ कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कामना सेवा विकास बैंक लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

बैंककाे १८.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ७ रूपैयाँ कायम हुने गरी सेयरमूल्य समायोजन गरेको हाे ।  नेप्सेले मंगलबारकाे अन्तिम कारोबार मूल्य ७ सय १९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंककाे १५ औं वार्षिक साधारण सभा कात्तिक २३ गते, मंगलबार, पार्क भिलेज रिसाेर्ट, बुढानीलकण्ठ, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा बैंकको असाेज ७ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा बैंककाे सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७/०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक तथा सर्वसाधरण सेयरधनीको तर्फबाट ३-३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पनि पारित हुनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको