Like us!
Follow us!
Connect us!
Watch us!

स्वावलम्बन लघुवित्तमा कर्मचारीमाथि ज्यादती, राष्ट्र बैंककाे गएन ध्यान

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १२ : १८ मा प्रकाशित

स्वावलम्बन लघुवित्तमा कर्मचारीमाथि ज्यादती, राष्ट्र बैंककाे गएन ध्यान

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडमा कर्मचारीमाथि ज्यादती भएकाे छ । संस्थाको व्यवस्थापनले ट्रेड युनियनमा रहेका ७ जना कर्मचारीहरुलाई बर्खास्त गर्ने नियत राखी सात दिने प्रष्टीकरण सोधिएको सम्बन्धमा स्वावलम्बन बैंक कर्मचारी संगठनले प्रेस विज्ञप्ति सार्वजनिक गरेकाे छ । संस्थाले विगतमा गरेको सम्झौता कार्यान्वयन नगरेको भन्‍दै संगठन आन्दोलनमा समेत उत्रिएकाे छ । यस बारेमा राष्ट्र बैंकमा उजुरी समेत दिइसकिएको छ । तर राष्ट्र बैंकले भने हालसम्म छलफलका लागि नबोलाएको संगठनले जनाएकाे छ । 

 संस्थामा क्रियाशिल ट्रेड युनियनहरुमध्ये पहिलो आधिकारिक ट्रेड युनियन स्वावलम्बन बैंक कर्मचारी संगठनले विभिन्न मितिमा संस्था व्यवस्थापन र संगठन / युनियन बीच तथा बैंक तथा वित्तीय संस्थाहरुको नियामक निकाय नेपाल राष्ट्र बैंकको रहोवरमा समेत सहमति सम्झौता भई समस्याहरु समाधान गर्दै आएको संगठनले जानकारी गराएकाे छ। 

संस्थाकाे व्यवस्थापनले श्रम सम्बन्धी कानुनद्वारा प्रदत अधिकारको प्रयोग गर्नमा बन्देज लगाएको, ट्रेड युनियनको संचालन र त्यसको प्रशासनिक कार्यमा हस्तक्षेप गरेको, विगतमा नियामक निकायको मध्यस्थतामा भएका सहमतिहरु समेत दशकौँदेखि कार्यान्वयन नगरेको, पाँचौ तहका कार्यालय प्रमुखलाई कायम मुकायमको जिम्मेवारी नदिने गरेको, अतिरिक्त समय काम गरे वापत अतिरिक्त भत्ताको व्यवस्था नगरेको, दैनिक ज्यालादारी कर्मचारीहरुलाई नेपाल सरकारले तोकेको न्यूनतम ज्याला तथा श्रम ऐनले व्यवस्था गरेका न्यूनतम सेवा सुविधा समेत उपलब्ध नगराएको, कोभिड-१९ बाट संक्रमित भएका २५० जना कर्मचारीहरुलाई उपचार गर्दा लागेको खर्च लामो समयदेखि विमा कम्पनीवाट भुक्तानी नआएको बहानामा संस्थाको तर्फवाट कुनै सुविधा दिने व्यवस्था नगरेको, व्यवस्थापकिय, सहायक तथा सहयोगी श्रेणीका कर्मचारीहरुको तलब, ग्रेड तथा भत्ता बृद्धि समायोजन गर्दा पटक पटक भेदभाव भएकोले उपरोक्त व्यवस्थाहरु स्थापित गराउन तथा भेदभाव अन्त्य गर्न संगठन विरोधका कार्यक्रम संचालन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ । 

ट्रेड युनियन ऐन, २०४९ तथा ट्रेड युनियन नियमावली, २०५० अनुसार दर्ता भएको र यस वित्तीय संस्थामा भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनवाट निर्वाचित प्रतिष्ठानस्तरको ट्रेड युनियन स्वावलम्बन बैंक कर्मचारी संगठनसँग मिति २०७७/१०/२८ गते भएको सहमति तथा विगतका सहमतिहरु कार्यान्वयन गर्न च.नं. १२, मिति २०७७/१२/२५ गतेको पत्र मार्फत संस्था व्यवस्थापनको ध्यानाकर्षण गराएको, विभिन्न मितिहरुमा विज्ञप्ती मार्फत समस्या समाधान गर्न अनुरोध गरेको, च.नं. १०, मिति २०७८/०४/२० गतेको पत्र मार्फत अल्टिमेटम दिएको, च.नं. ११, मिति २०७८/०४/२४ गते तथा च.नं. ३९, मिति २०७८/०७/०५ गतेको पत्र मार्फत श्रम ऐन तथा प्रचलित कानुनको अधिकार प्रयोग गरि बिरोधका कार्यक्रम घोषणा गरि विगत ७९ (उनानअसी) दिनदेखि शान्तिपूर्ण धर्ना गर्दा संस्थाको सम्पूर्ण कामकाज ठप्प भई ग्राहक सदस्यहरु निक्षेप तथा कर्जा कारोबारवाट वञ्चित हुदा समेत औपचारीक वार्ता तथा छलफलको माध्यमबाट समस्या समाधान गर्नुको साटो शान्तिपूर्ण धर्नामा सहभागी रहेका युनियनकर्मी कर्मचारी/श्रमिकहरुलाई कारबाही गर्ने उद्देश्यले जानी जानी झट्ठो प्रमाण सृजना गरेर, जानी जानी दुःख वा हैरानी दिने उद्देश्य राखी, कर्मचारी कर्मचारीहरु विच बैमनश्यता वा मनमुटाव ल्याउने उद्देश्यले मिति २०७८/०४/२५ गतेदेखि हालसम्म सयौं जना कर्मचारी शान्तिपूर्ण धर्नामा सहभागी हुदा पनि धर्नामा सहभागी मध्ये ७(सात) जनालाई मिति २०७८/०७/०८ गतेकाे राष्ट्रिय दैनिक कान्तिपुर पत्रिकामा लिखित स्पष्टिकरण पेश गर्ने बारेको सूचना अनुसार सेवावाट बर्खास्त गर्ने संस्था व्यवस्थापनको दमनकारी कदमको संगठनले घोर भत्सर्ना गरेकाे छ ।

संगठनले मिति २०७८/०४/२५ गते देखि संचालन गरेको शान्तिपूर्ण धर्नाको कारण यस वित्तीय संस्थाबाट पाउने सेवा सुविधावाट सेवाग्राही बञ्चित भई रहेको अवस्था यस संगठनले च.नं.२३, मिति २०७८/०६ ०१ गते समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंक, गभर्नरको कार्यालयमा, च.नं. २५,२६ मिति २०७८/०६/०१ गते समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंक, डेपुटी गभर्नरहरुको कार्यालयमा, च नं.२९, मिति २०७८/०६/०१ गते समस्या समाधान गराई पाऊँ बारेको पत्र नेपाल राष्ट बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागमा, च.नं.३०, मिति २०७८/०६/०१ गते समस्या समाधान गराई पाऊ बारेको पत्र नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभागमा पत्र प्रषित गर्दा पनि यस स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि. नेपाल राष्ट्र बैंक, लघुवित्त संस्था सुपरिवेक्षण विभाग अन्तर्गत पर्ने भएको हुदा प्रत्यक्ष भेटघाट गरि अनुरोध गर्दा समेत विभागीय प्रमुखवाट समस्या समाधानको लागी जिम्मेवार भई कुनै ठोस पहल नभएकोले नेपाल राष्ट्र बैंकको रहोवरमा दुई पक्ष बीच वार्ता/छलफल गराई समस्या समाधान गराई दिन प्रेस विज्ञप्ती मार्फत संगठनले पुन: अनुरोध गरेकाे छ ।

त्यसैले, संगठनले स्वावलम्बन लघुवित्तकाे व्यवस्थापनले शान्तिपूर्ण धर्नामा रहेका युनियनकर्मी कर्मचारीहरु मध्ये ७ (सात) जनालाई मिति २०७८/०७/०५ गते सोवावाट बर्खास्त गर्न सोधिएको “लिखित स्पष्टिकरण पेश गर्ने बारे” को पत्र तत्काल फिर्ता लिई वार्ता तथा छलफलबाट समस्या समाधान गर्न जोडदार माग गरेकाे छ । अन्यथा, संगठन जस्तो सुकै कदम चाल्न बाध्य हुने र सो कदमले हुने क्षतीको जिम्मेवार संस्था व्यवस्थापन हुने विज्ञप्तिमा उल्लेख छ ।

संगठनकाे विज्ञप्ति यस प्रकारकाे छ :

617a49d8a36e6.png 617a49e575fa0.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको