Like us!
Follow us!
Connect us!
Watch us!

साताभर नै सेयर बजारमा हरियाली, लगानीकर्ताकाे मनाेबल बढ्याे

नेप्से

विहीबार, ११ कार्तिक २०७८, १५ : ०१ मा प्रकाशित

साताभर नै सेयर बजारमा हरियाली, लगानीकर्ताकाे मनाेबल बढ्याे

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारमा हरियाली देखिएकाे छ । बिहीबार सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । याे साताकाे ५ काराेबार दिन नै बजार बढेकाे छ । सेयर बजारमा फेरि लगातार हरियाली देखिन थालेपछि लगानीकर्ताहरूकाे मनाेबल पनि बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.०४ अंकले बढेर २७८२.१६ विन्दुमा पुगेकाे छ । नेप्से ०.४७ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.४२ अंकले बढेर ५२०.९८ विन्दुमा पुगेकाे छ ।

कूल २२२ वटा कम्पनीकाे ९२ लाख ३६ हजार ६ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६ सय २८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेकाे छ । 

त्यसैगरी, बिहीबार नेशनल हाइड्राेपावर कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे २९ कराेड १९ लाख ५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज रिडी हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७ सय ९७ रूपैयाँ ५० पैसा पुगेकाे हाे ।

यस दिन एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.७९ प्रतिशतले घटेर ४ सय ४६ रूपैयाँ ३० पैसामा झरेकाे हाे ।

617a6d1444756.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको