Like us!
Follow us!
Connect us!
Watch us!

नर्भिकले शनिबार स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

अर्थ संसार

विहीबार, ११ कार्तिक २०७८, १५ : २७ मा प्रकाशित

नर्भिकले शनिबार स्तन क्यान्सरको निःशुल्क ओपिडी सेवा दिने

थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा आगामी शनिबार स्तन क्यान्सरसम्बन्धी निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको छ । आगामी शनिबार नर्भिक अस्पतालमा स्तन क्यान्सरको विषयमा निःशुल्क ओपिडी सेवा सञ्चालन हुने भएको हो । 

स्तन क्यान्सर विशेषज्ञ डा. वानिरा गिरीले शनिबार १० देखि १२ बजेसम्म निःशुल्क ओपिडी सेवा दिने अस्पतालले जनाएको छ । पछिल्लो समय नेपाली महिलाहरूमा स्तन क्यान्सरको समस्या बढिरहेको छ । यस्तो अवस्थामा क्यान्सरको शंका लागेका वा लक्षण देखिएकाहरूले आफ्नो निःशुल्क ओपिडी सेवामा आएर लाभ लिनसक्ने डा. गिरीले जानकारी दिइन् । 

नर्भिक अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विगत केही महिनादेखि प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ । यो सेवाअन्तर्गत प्रत्येक शनिवार १० देखि १२ बजे अस्पतालमा कार्यरत कुनै एक विशेषज्ञ डाक्टरले निःशुल्क ओपिडी सेवा दिनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको