Like us!
Follow us!
Connect us!
Watch us!

डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी

अर्थ संसार

शुक्रबार, १२ कार्तिक २०७८, ११ : १० मा प्रकाशित

डिजिटल भुक्तानीमा नयाँ क्रान्ति : गभर्नर अधिकारी

नेपालको अग्रणी सपिङ सेन्टर भाटभटेनी सुपर मार्केटमा अबदेखि फोनपे मार्फत क्यूआर स्क्यान गरेर सामान खरिदको रकम भुक्तानी गर्न सकिने भएको छ । यो सँगै  यसअघि नगद वा कार्ड मार्फत खरिदको रकम तिनुपर्ने बाध्यता रहेकोमा अबदेखि उपभोक्ताले मोबाइलबाटै रकम भुक्तानी गर्न सक्ने भएका हुन् ।

बिहिबार टंगालस्थित भाटभटेनी सुपर मार्केटमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच क्यूआर कोड उद्घाटन गरेका छन् । भाटभटेनीमा प्रभु बैंक मार्फत क्यूआर स्क्यान राखिएको हो । यसमा भाटभटेनीमा बिलिङका लागि प्रयोग भएको आइएमएस सफ्टवेयरमा समेत फोनपेको सिस्टम अपग्रेड गरिएको छ । जसबाट इसेवा वा फोनपेको सञ्जालमा आवद्ध बैंक तथा वित्तीय संस्थाको मोबाइल बैंकिङ एप तथा आइएमई पे तथा सेलपेबाट स्क्यान गरेर रकम भुक्तानी गर्न मिल्छ ।

कार्यक्रममा बोल्दै गअर्नर अधिकारीले डिजिटल कारोबारको यो अभियान सफल बनाउने श्रय फोनपे र बैंक तथा वित्तीय संस्थालाई दिए। कार्यक्रममा उनले भने‘ “क्यूआर अभियान सुरू भएको १ वर्ष बित्दा नगद कारोबार कम हुँदै गएको छ । डिजिटल नेपाल बनाउने अभियानमा भाटभटेनी पनि थपिएको छ ।”

कार्यक्रममा फोनपेका अध्यक्ष विश्वास ढकालले डिजिटल कारोबारको अभियानमा भाटभटेनिसँगको सहकार्य अर्को कोशेढुंगाा बन्ने बताए । 

यस्तै भाटभटेनीका अध्यक्ष मिन बहादुर गुरूङले नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न छुटको अफर पनि दिइएको बताए । २ वर्षभित्र कुल कारोबारको ७५ प्रतिशत क्यूआरबाट बनाउने भाटभटेनीको योजना रहेको उनको भनाई थियो । उनले अहिले २० वटा आउटलेटबाट दैनिक ४० हजार जना ग्राहकलाई मौखिक रूपमा क्यूआर र यसको लाभबारे जानकारी गराइरहेको बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको