Like us!
Follow us!
Connect us!
Watch us!

बीर अस्पतालमा फोनपेकाे क्यूआर सुविधा, बिरामीलाई रकम बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति

अर्थ संसार

मंगलबार, १९ पुस २०७९, १७ : ४३ मा प्रकाशित

बीर अस्पतालमा फोनपेकाे क्यूआर सुविधा, बिरामीलाई रकम बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति

नेपालको सबैभन्दा पुरानो सरकारी अस्पताल वीर अस्पतालमा अबदेखि बिरामीहरूको उपचार गर्दा नगद बोकेर जानुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ । बीर अस्पतालमा अबदेखि फोनपे क्यूअनारदेखि सहजै भुक्तानी गर्न सकिने भएको छ । बीर अस्पतालमा डाइनामिक क्युआरकोडको सिस्टमको सुरू गरिएसँगै बीरामीका उपचारका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो र  यस किसिमको सुरूवात वीर अस्पतालका कार्यकारी अधिकृत भुपेन्द्र कुमार बस्नेतले गरे । 

फोन पे र प्रभु बैंकको संयुक्त प्रयासमा वीर अस्पतालमा यस्तो सुबिधा उपलब्ध गराइएको हो । अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र अस्पताललाई पेपरलेस बनाउन नयाँ सुविधा समेत थप गरिएको हो । 

क्यूआरमार्फत भुक्तानी गर्न सकिने सुविधाको उद्घाटन गर्नै अधिकृत बस्नेतले भने, ‘ वीर अस्पतालमा क्यूआरबाट भुक्तानी गर्न सकिने सुविधा सुरू भएसँगै अबदेखि नगदनै बोकेर आउन पर्ने बाध्यता र पर्स चोरी हुने जस्ता डरबाट मुक्ति मिलेको छ । उनले थपे, ‘हामीले हरेक दिन अस्पताललाई प्रविधि मैत्री बनाउँदै लगिरहने छौँ ’ यो सुविधासँगै अबदेखि टिकटका लागि पैसा तिर्न लामो लाइन बस्नुपर्ने झन्झटबाट मुिक्त मिल्नुका साथै कुनैपनि सेवाको क्यूआर मार्फत भुक्तानी गर्न सकिनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको