Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म ?

अर्थ संसार

आइतबार, १४ कार्तिक २०७८, १२ : ५९ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद भर्ने म्याद थप, अब कहिलेसम्म ?

एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले असोज २५ गते, साेमबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ ।

यसअघि आज (कार्तिक १४ गते, आइतबार) सम्म आवेदन दिन पाइने भनिएकाेमा अब कार्तिक २९ गतेसम्म आवेदन दिन पाइने भएकाे छ । यस अवधिमा नेपालीहरूकाे महान चाडल विजया दशमीका कारण सार्वजनिक बिदा परेकाे हुनाले सम्पूर्ण हकप्रद सेयर बिक्री नभएकाे भन्दै बैंकले हकप्रदमा आवेदन दिने म्याद थपेकाे हाे ।

बैंकले हाल कायम चुक्ता पुँजी १०ः३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने २४ करोड ३३ लाख ३६ हजार ३ सय ६७ रुपैयाँ ४२ पैसा बराबरको २४ लाख ३३ हजार ३ सय ६३ दशमलव ६७४२ कित्ता हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे ।

बैंकले हकप्रद प्रयोजनका लागि असोज १ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरूले मात्र याे हकप्रद सेयर भर्न पाउनेछन् ।

त्यसैगरी, बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।लगानीकर्ताहरूले एनआइबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरू र सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्ता पुँजी ८१ करोड ११ लाख रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि बैंककाे चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

617e43c09a3d6.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको