Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सकारात्मक माहोल, अब कता जाला ?

नेप्से

आइतबार, १४ कार्तिक २०७८, १४ : ५४ मा प्रकाशित

सेयर बजारमा सकारात्मक माहोल, अब कता जाला ?

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारमा हरियाली देखिएकाे छ । गत साता पनि ५ काराेबार दिन नै बजार बढेकाे थियाे ।

सेयर बजारमा फेरि लगातार हरियाली देखिन थालेपछि लगानीकर्ताहरूकाे मनाेबल पनि बढेकाे छ । अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने सिजन हाे । त्यस्तै, कतिपय सूचिकृत कम्पनीहरूले चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासकाे वित्तीय विवरण पनि सार्वजनिक गर्न सुरू गरेका छन् । यी सबै कुराहरू हेर्दा दिर्घकालिन रूपमा बजार माथि नै जाने विश्लेषकहरूकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ विन्दुमा पुगेकाे छ । नेप्से १.९९ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ९.४६ अंकले बढेर ५३०.४६ विन्दुमा पुगेकाे छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकम पनि बढेकाे छ । कूल २३२ वटा कम्पनीकाे एक कराेड ३८ लाख ९९ हजार ३ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ८२ करोड ३२ लाख २६ हजार ४ सय ९३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये बैंक उपसमूहकाे सेयर मात्र घटेकाे छ भने बाँकी १२ वटा उपसमूहकाे सेयर बढेकाे छ  । 

त्यसैगरी, आइबार आँखुखाेला जलविद्युत कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ३१ कराेड ५७ लाख १५ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । कम्पनीले आज पहिलाे त्रैमासकाे वित्तीय विवरण सार्वजनिक गरेकाे छ । विवरणअनुसार कम्पनीले चालू आवको पहिलो त्रैमाससम्ममा तीन करोड ३० लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको पहिलो त्रैमासको तुलनामा दुई दशमलव चार प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा तीन करोड ३८ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आवको पहिलो त्रैमासमा सात करोड ८९ लाख ८४ हजार रुपैयाँ आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा वृद्धि भएर आठ करोड २० लाख ७५ हजार रुपैयाँ पुगेको हो ।  हाल यसको चुक्ता पुँजी ८० करोड रुपैयाँ छ भने जगेडा कोष २२ करोड ९२ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५१ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ७१ रुपैयाँ ३४ पैसा छ ।  

यसैगरी, आज ६ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । युनाइटेड इन्स्याेरेन्स, चन्द्रागिरी हिल्स, सामुदायिक लघुवित्त, हिमालयन उर्जा, लुम्बिनी विकास बैंक र पाँचथर पावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

यस दिन एभरेष्ट बैंक लिमिटेडकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ६.५० प्रतिशतले घटेर ६ सय ९१ रूपैयाँमा झरेकाे हाे । एभरेष्ट बैंकले अपेक्षाभन्दा कम बोनस घोषणा गरेपछि लगानीकर्ताहरूकाे असन्तुष्टि बढेकाे हाे । एभरेष्ट बैंक लिमिटेडको शुक्रबार बसेको संचालक समितिको ३३४औं बैठकले आर्थिक बर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र ४.३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) गरी कुल रु.१०.३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले बोनस घोषणा गरेसँगै लगानीकर्तामा उत्साह भने कम भएको छ । सामाजिक सञ्जालमा लगानीकर्ताले बैंकले अपेक्षा अनुसार बोनस नदिएको गुनासो गरिरहेका छन् । 

याे पनि :

तपाईले किनेका सेयरको आगामी यात्रा कता? Company Analysis | विश्लेषक Bimal Tiwari को Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको