Like us!
Follow us!
Connect us!
Watch us!

६ दिनको उकालो यात्रापछि नेप्सेमा करेक्सन, कारोबारमा महालक्ष्मी विकास बैंक अब्बल

नेप्से

सोमबार, १५ कार्तिक २०७८, १४ : ५८ मा प्रकाशित

६ दिनको उकालो यात्रापछि नेप्सेमा करेक्सन, कारोबारमा महालक्ष्मी विकास बैंक अब्बल

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । गत साता आइतबारदेखि हिजाे आइतबारसम्म लगातार ६ काराेबार दिन सेयर बजार बढेकाे थियाे ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.७५ अंकले घटेर २८१९.८६ विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले घटेर ५२८.५८ विन्दुमा झरेको छ । 

कूल २२६ वटा कम्पनीकाे एक कराेड ३४ लाख ३ हजार ३ सय १२ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार ७ सय ७८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, साेमबार काराेबार रकममा महालक्ष्मी विकास बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे ३६ कराेड ५८ लाख ७१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

साेमबार मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ५७ रूपैयाँ ८० पैसा पुगेकाे छ । यस्तै, पाँचथर पावर र साहास उर्जाकाे सेयरमूल्य पनि ९.९८ प्रतिशतले बढेकाे छ ।

यस दिन कामना सेवा विकास बैंक लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । बैंककाे सेयरमूल्य ६.७२ प्रतिशतले घटेर ६ सय ८० रूपैयाँमा झरेकाे हाे ।

याे पनि :

तपाईले किनेका सेयरको आगामी यात्रा कता? Company Analysis | विश्लेषक Bimal Tiwari को Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको