Like us!
Follow us!
Connect us!
Watch us!

सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँड हुने, सेयर पाउन भाग्य कै भर

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, १७ : १६ मा प्रकाशित

सामलिङ्ग पावरको आईपीओ मंगलबार बाँडफाँड हुने, सेयर पाउन भाग्य कै भर

सामलिङ्ग पावर कम्पनी लिमिटेडले कार्तिक ४ गतेदेखि कार्तिक ८ गतेसम्म निष्कासन गरेको साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (कार्तिक १६ गते, मंगलबार) हुने भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गकाे कार्यालयमा बिहान ८:३० बजे हुनेछ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिन सम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकहरूले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताका लागि आवेदन दिएका थिए । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ३९.६७ गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले उक्त आईपीओ गाेलाप्रथाद्धारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा ६७ हजार ८ सय ९० जना आवेदकहरूले मात्रै १० कित्ता सेयर प्राप्त गर्नेछन् । बाँकी करिव २२ लाख आवेदकहरूकाे भने हात खाली हुनेछ । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ७ लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ६ लाख ७८ हजार ९ सय कित्ताका लागि आवेदन दिन पाउँथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको