Like us!
Follow us!
Connect us!
Watch us!

धनतेरसमा बढ्यो लगानीकर्ताको सम्पत्ति, नेप्सेमा हरियाली

नेप्से

मंगलबार, १६ कार्तिक २०७८, १५ : ०७ मा प्रकाशित

धनतेरसमा बढ्यो लगानीकर्ताको सम्पत्ति, नेप्सेमा हरियाली

आज (मंगलबार) अर्थात् धनतेरसकाे दिन सेयर बजारमा हरियाली देखिएकाे छ । लगातार ६ काराेबार दिन बढेकाे नेप्सेमा हिजाे (साेमबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे थियाे । 

अहिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने सिजन हाे । त्यस्तै, कतिपय सूचिकृत कम्पनीहरूले चालु आर्थिक वर्षकाे पहिलाे त्रैमासकाे वित्तीय विवरण पनि सार्वजनिक गर्न सुरू गरेका छन् । यी सबै कुराहरू हेर्दा दिर्घकालिन रूपमा बजार माथि नै जाने विश्लेषकहरूकाे तर्क छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.७६ अंकले बढेर २८४३.६२ विन्दुमा पुगेकाे छ । नेप्से ०.८४ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.८४ अंकले बढेर ५३१.४२ विन्दुमा पुगेकाे छ ।

कूल २३० वटा कम्पनीकाे ९९ लाख ७७ हजार ४ सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७ करोड ३७ लाख १६ हजार ८ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ३ वटा उपसमूहकाे सेयर घटेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर बढेकाे छ  । 

त्यसैगरी, मंगलबार महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४६ कराेड ९७ लाख २३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यसैगरी, आज साहास उर्जा कम्पनी लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले ५ सय ३९ रूपैयाँ ३० पैसा पुगेकाे छ । 

यस दिन विशाल बजारकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य २.९५ प्रतिशतले घटेर ५ हजार ५ सय ९० रूपैयाँमा झरेकाे हाे । 

तपाईले किनेका सेयरको आगामी यात्रा कता? Company Analysis | विश्लेषक Bimal Tiwari को Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको