Like us!
Follow us!
Connect us!
Watch us!

श्री प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

अर्थ संसार

मंगलबार, १६ कार्तिक २०७८, १५ : ४७ मा प्रकाशित

श्री प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले विदुर ३, खड्ग भन्ज्याङ (नुवाकोटस्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गतरहेको हाम्रो विकास प्रवर्द्धन कोष मार्फत विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई कम्प्युटरहरु प्रदान गरेको छ।

विद्यालयमा आयोजित कार्यक्रममा बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक  सुशीलकुमार शर्मा, सहायक महाप्रबन्धक रामहरि आचार्यर बैंकका नुवाकोट र धादिङक्षेत्रका प्रमुख मोहनराज गिरिले विद्यालयका प्रध्यानाध्यापक शालिग्राम गजुरेललाई कम्प्युटरहरु हस्तान्तरण गर्नु भएको हो।

बैंकले विद्यालयमा अध्यनरत विद्यार्थीहरुमा सूचना प्रविधि सम्बन्धी सिपको विकास गर्न, विधार्थीहरुमा प्रयोगात्मक सिप तथा धारणाको विकास गर्नुका साथै गुणस्तरीय आधारभूत शिक्षामा टेवापुर्यारउने हेतुले सो विद्यालयको सूचना प्रविधि प्रवर्द्धन परियोजनालाई सहयोग गरेको हो।

नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरी त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नकोलागि सहयोगी बन्ने मूलउद्देश्यबाट निर्देशित ‘हाम्रो विकास प्रवर्द्धन कोष’ मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसँग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ।

ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको