Like us!
Follow us!
Connect us!
Watch us!

तिहार अघिको अन्तिम कारोबार दिनः यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १५ : १२ मा प्रकाशित

तिहार अघिको अन्तिम कारोबार दिनः यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

आज (बुधबार) तिहार अघिको अन्तिम कारोबार दिनमा सेयर बजार पनि भिलिमिली भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २७४८.८४ मा पुगेको छ भने बलिया कम्पनीहरुको सूचक सेन्सेटिभ इन्डेक्स भने ०.५२ अंकले घटेर ५३०.८९ मा पुगेको छ । 

आज सबैभन्दा धेरै नाफा कमाउनेको पहिलो सूचीमा महालक्ष्मी विकास बैंक लिमिटेडका लगानीकर्ता रहेका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ३ रूपैयाँ पुगेको छ । 

सबैभन्दा धेरै मूल्य बढ्ने दोश्रो सूचिमा साहस उर्जा लिमिटेड रहेको छ । कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ५ सय ९३ रूपैयाँ २० पैसा पुगेको छ । कम्पनीको आईपिओ हालै मात्र नेप्सेमा सुचिकृत भई दोस्रो बजारमा कारोबार भइरहेकोले पनि यो कम्पनीको सेयर मूल्य निरन्तर बृद्धि भइरहेको छ ।

यी हुन् आज सर्वाधिक सेयर मूल्य बृद्धि हुने १० कम्पनीहरुः  

618256451dc02.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको