Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

पत्रपत्रिका

आइतबार, २१ कार्तिक २०७८, ०७ : १४ मा प्रकाशित

धितोपत्र बोर्ड र नेप्सेको प्रमुखका लागि लबिइङ शुरु, को - को छन् आकांक्षी ?

पूँजीबजारको नियामक निकायको रुपमा रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्ष  तथा बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) को प्रमुख बन्न लबिइङ शुरु भएको छ । 

गत भदौ महीनादेखि ती निकाय प्रमुख विहिन छन् । अर्थ मन्त्रालयले दुवै निकायको प्रमुखको नियुक्ति प्रक्रिया खुल्ला प्रतिस्पर्धामार्फत अघि बढाइसकेको छ ।  । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणमा ती निकायका प्रमुखहरुको संलग्नता पुष्टि भएपछि सरकारले तत्कालिन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेसँगै धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत(सीईओ) सीईओ चन्द्रसिंह साउद स्वंय राजीनामा दिएर बाहिरिएका थिए ।

अर्थ मन्त्रालयले  दुवै निकायको प्रमुख नियुक्तिका लागि छनौट समिति बनाएको छ । धितोपत्र बोर्डको नयाँ अध्यक्षको कार्यकाल दुई वर्ष मात्र हुने छ ।तत्कालिन अध्यक्ष ढुंगाना दुई वर्षमात्रै पुरा गरेर बर्खास्तीमा परेका थिए । बाँकी २ वर्षका लागिमात्रै नयाँ अध्यक्ष नियुक्त गरिन लागिएको हो । 

धितोपत्र बोर्डको अध्यक्ष तथा नेप्सेको सीईओका लागि अहिले आकांक्षीहरुले तिव्र रुपमा लबिइङ गरिरहेका छन् । 

समितिले दाबेदारहरुमध्ये बाट कम्तीमा तीन जनाको नाम सिफारिस गर्नेछ । ती तीन जना मध्येबाट मन्त्रिपरिषद्ले बोर्ड अध्यक्ष नियुक्ति गर्नेछ ।
यी दुवै पद विशुद्ध राजनीतिक नियुक्तिको पदसमेत भएकाले अहिले आकांक्षीहरु बीच तिव्र रुपमा लबिइङ भइरहेको हो ।

आधा दर्जन आकांक्षी

धितोपत्र बोर्डको अध्यक्षका लागि आधा दर्जन आकांक्षीहरु विभिन्न शक्तिकेन्द्रमा दौडधुपमा रहेको बुझिएको छ । स्रोतका अनुसार बीमा समितिका पूर्व अध्यक्ष चिरञ्जीवि चापागाईं, राष्ट्र बैंकका पूर्व निमित्त कार्यकारी निर्देशक डा गोपाल भट्ट, चार्टर्ड एकाउन्टेन्ट कृष्णप्रसाद आचार्य, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी, नेप्सेका पूर्व सीईओ सिताराम थपलियालगायतका छन् ।

नेप्सेको सीईओका लागि यसअघि राजीनामा दिएका चन्द्रसिंह साउद, केहि बैंकर तथा चार्टर्ड एकाउन्टेन्टहरु दौडधुपमा रहेका छन् ।

दुवै पदका लागि तिहार पछि आवेदकहरुसँग अन्तरवार्ता लिने समितिको तयारी छ । 

आर्थिक अभियान दैनिकमा नरहरी आचार्यले लेखेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको