Like us!
Follow us!
Connect us!
Watch us!

दाेहाेराे अंकले घट्याे नेप्से : "सामान्य करेक्सन मात्र हाे, बजारकाे बुलिस यात्रा कायमै छ"

नेप्से

सोमबार, २२ कार्तिक २०७८, १४ : ५६ मा प्रकाशित

दाेहाेराे अंकले घट्याे नेप्से : "सामान्य करेक्सन मात्र हाे, बजारकाे बुलिस यात्रा कायमै छ"

तिहारपछिकाे पहिलाे काराेबार दिन आज (साेमबार) सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । यसअघिकाे काराेबार दिन अर्थात् गत बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ५.२२ अंकले बढेर २८४८.८४ विन्दुमा पुगेकाे थियाे । 

बजारमा आज देखिएको गिरावट सामान्य करेक्सन मात्र भएको तर्क गर्छन् अनुभवी लगानीकर्ता डम्बर बहादुर रावत । "केहि दिनदेखि नेप्से निरन्तर बढिरहेको थियो नेप्सेको उकालो यात्रामा कहिलेकाँही यस्ता सामान्य ब्रेकहरु आएनन् भने त धेरै माथि चढ्नै सक्दैन, त्यसैले पनि बढ्दा बजारमा बेला बेलामा आउने यस्ता गिरावटहरुले नै बजारलाई थप मजवुद बनाउन टेवा पुर्याउँछन्" उनले भने । 

समग्रमा कहिलेकाहीँ नेप्सेमा आउने गिरावटलाई लगानीकर्ताहरुले खरिद अवसरका रुपमा लिई अगाडी बढ्ने हो । अब सेयर कर्जामा लगाइएको ४ १२ को क्याप पनि हट्न सक्ने संकेत देखिएको छ भने देश अबको केही महिनामा चुनावमा जान्छ त्यसपछि बजारमा देखिएको तरलता अभाव पनि हटेर जाने र बजार सकारात्मक हुने उनको तर्क छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १९.२० अंकले घटेर २८२९.६४ विन्दुमा झरेकाे छ । नेप्से ०.६७ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.७१ अंकले घटेर ५२८.३७ विन्दुमा झरेको छ । 

कूल २३० वटा कम्पनीकाे ७२ लाख ७ हजार ३ सय ९६ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४२ करोड ७ लाख १९ हजार एक सय ३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेको छ ।

त्यसैगरी, साेमबार काराेबार रकममा महालक्ष्मी विकास बैंक लिमिटेडले अग्रता कायम गरेकाे छ । बैंककाे ५२ कराेड १० लाख ३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

साेमबार साहास उर्जा कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । साहास उर्जाकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ५२ रूपैयाँ ५० पैसा र आईसीएफसीकाे सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता एक हजार ६३ रूपैयाँ पुगेकाे छ । त्यस्तै, तेह्रथुम पावर र मानुषी लघुवित्तकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे छ । महालक्ष्मी विकास बैंककाे सेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेकाे छ ।

यस दिन सपाेर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् । संस्थाकाे सेयरमूल्य ७.९६ प्रतिशतले घटेर २ हजार ४ सय रूपैयाँ ५० पैसामा झरेकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको