आइएमईले वर्ड भ्रमण विथ साइग्रेस (Word Tour with SAIGRACE) को आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम नेपालका सात वटै प्रदेशका मुख्यमुख्य शहरहरूमा यही कार्तिक २३ देखि मङ्सिर १७ (९ नोभेम्बर देखि ३ डिसेम्बर, २०२१ ) सम्म आयोजना हुन गईरहेको छ ।
वर्ड भ्रमणमा नेपालको लोकप्रिय स्टोरी टेलर साईग्रेसद्वारा श्रमका लागि विदेशमा गएका नेपाली कामदारहरुको संघर्षको कथा सँगसँगै रेमिटेन्स रकमको सही सदुपयोग र यसबाट प्राप्त हुने लाभका विषयलाई कथा मार्फत प्रस्तुती गर्नेछन् ।
कार्यक्रम तालिका :
१. होटल रुबस, धनगढी, ९ नोभेम्बर २०२१, दिउँसो २ः३० बजे (९८६८२२२०५५)
२. क्लब ग्राभिटी, पोखरा, २२ नोभेम्बर २०२१ दिउँसो ४ः०० बजे (९८१९१४४३४७)
३. राष्ट्रिय नाच घर, काठमाण्डौं, ३ डिसेम्बर २०२१ दिउँसो ३ः३० बजे (९८०१६४४४६२)
४. साई पार्टी प्यालेस, झापा, १३ नोभेम्बर २०२१ दिउँसो ३ः०० बजे (९८१४०९९८०४)
५. डि कन्सेप्ट, बुटवल, २० नोभेम्बर २०२१ दिउँसो २ः३० बजे (९८५७०८०२८८)
६. चितवन गार्डेन रिसोर्ट, चितवन, १९ नोभेम्बर २०२१ दिउँसो २ः३० बजे (९८४५५२९५८२)
७. BPKIHS अडिटोरियम, धरान, १५ नोभेम्बर २०२१ दिउँसो २ः०० बजे (९८६०९३४६५४)
कार्यक्रमको टिकेटिङ्ग पार्टनर ‘आइएमई पे’ रहेको छ भने आतिथ्य पार्टनर रोडहाउस क्याफे रहेको छ । साथै एडुकेसन पार्टनर टेक्सस् कलेज अफ म्यानेज्मेन्ट र आइटी रहेको छ भने मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द (RONB) हुने भएको छ ।
उक्त कार्यक्रम आइएमई लिमिटेड र आइएमई पेका आधिकारिक सामाजिक सञ्जाल facebook, youtube, twitter, linkedin पेजहरूका अतिरिक्त साईग्रेसका अफिसियल पेजहरुबाट पनि प्रसारण हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस