Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, १४ : २८ मा प्रकाशित

प्रधानमन्त्री रोजगारको पैसा कीर्ते बिल भरपाई बनाएर अनियमितता

उदयपुरकाे बेलका नगरपालिकामा प्रधानमन्त्री रोगजार कार्यक्रमको रकम ब्यापक अनियमितता भएको रहस्य सार्वजनिक भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नाम निस्केका बेलका नगरपालिका-४ का मजदुरको नाममा कीर्ते बिल भरपाई बनाएर अनियमितता गरेको रहस्य सार्वजनिक भएको छ । 

वडा नम्बर ४ मा विनियोजन भएको रकम कीर्ते बिल भरपाई बनाएर खाएको रहस्य सार्वजनिक भएको हो । गत आर्थिक वर्ष ०७७/०७८ मा बेलका नगरपालिका -४ को तीनवटा योजनाका निम्ति विनियोजन भएको रकम काम नै नगरिकन निर्माण उपभोक्ता समिति, जनप्रतिनिधि र कर्मचारीको मिलेमत्तोमा कीर्ते बिल भरपाई बनाएर निकासा गरि खाएको भेटिएको छ । कुल १९ लाख ६४ हजार ६०० रुपैया विनियोजन भएकोमध्ये १३ लाख २० हजार ६५३ रुपैयाँ काम नै नगरिकन कीर्ते बिल भरपाई बनाएर पेस गरि निकास गरेर खाएको भेटिएकाे हाे । 

वडामा सञ्चालित तीनवटै योजनामा मजदुरको डोर हाजिरी कीर्ते बनाएर मजदुरको नाममा कुमारी बैंकमा खाता खोलेर चेकमा कीर्ते हस्ताक्षर गरि समितिका पदाधिकारीले रकम निकालेर अपचलन गरेको पीडितहरूको गुनासो छ ।  नगरपालिकाले तिमीहरूको नाममा पैसा आएकाे रहेछ कुमारी बैंकमा खाता खोलेपछि पाइन्छ भन्दै स्थानीयवासीको नागरिकता लिएर गएको पीडित रचनाकुमारी नेपाली सार्कीले बताइन् ।

नागरिकता १५ दिनपछि फिर्ता गरेकाे र बैंकमा खाता खोल्न पनि आफू नगएको र चेकमा समेत हस्ताक्षरण नगरेको उनकाे भनाइ छ । तर, उनको नाममा प्रधानमन्त्री रोजगार कार्यक्रमको डोर हाजिरीमा ७१ दिन काम गरेको र दैनिक ५१७ रुपैयाका दरले ३६ हजार ७६८ रुपैयाँ बुझेको देखिन्छ । उनलाई नगरपालिका आउजाउ गरेको भनेर ५०० रुपैयाँ मात्र दिएको बताइन् । 

प्रधानमन्त्री रोजगार कार्यक्रमको वडा नम्बर ४ मा गर्भे सडक हुँदै दमही कल्भर्ट निर्माण योजनामा एक लाख तीन हजार ८छण रुपैयाँ, सुन्दरीनगरी डाँडाटोल हुँदै बबला– ६ जोडने सडक निर्माण योजनामा छ लाख ९८ हजार ६७४ रुपैयाँ र ठोक्सिला कटारी खानेपानी योजना चार लाख ४१ हजार २२२ रुपैया गरि १३ लाख ६४ हजार ६०० रुपैयाँको तीनवटा योजनाका ३८ जना मजदुरको नाममा कीर्ते डोर हाजिरदेखि किर्ते बिल भरपाई बनाएर ठगी गरेकाे भेटिएकाे हाे । 

आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकामा सञ्चालन गरिएको सो कार्यक्रममा वडा कार्यालयले ३८ जनालाई काममा लगाएको स्थानीय जीतबहादुर मगरले जानकारी दिए । काममा लगाइएका सबै मजदुरको कुमारी बैंक रामपुर शाखामा रकम जम्मा गरेको नगरपालिकाका रोजगार संयोजक विमला थापाले जानकारी दिए । सो वडाका मजदुरका लागि १९ लाख ६४ हजार ६०० रकम विनियोजन भए पनि १३ लाख २० हजार ६५३ रुपैया खर्च भएको संयोजक थापाले जानकारी दिईन् ।

 बेलका नगरपालिका- ४ ठोक्सिला कटारी खानेपानी योजना निर्माणको लागि १२ जनाले रोजगार पाएको नगरपालिकाको तथ्याङ्गमा उल्लेख छ ।

बेलका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन निरौलाले  गलत काम गरेको प्रमाणित भए कर्मचारी, जनप्रतिनिधि वा समिति जो सुकै भए पनि सजायको भागिदार हुने बताए । प्रधानमन्त्री रोजगार कार्यक्रममा बेरोजगारहरूलाई अनिवार्य रूपमा १०० दिन रोजगारी दिनुपर्ने व्यवस्था छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको