Like us!
Follow us!
Connect us!
Watch us!

७९.७९ अंकले घट्याे सेयर बजार, काराेबारमा नबिल बैंक अब्बल

नेप्से

मंगलबार, २३ कार्तिक २०७८, १५ : ०१ मा प्रकाशित

७९.७९ अंकले घट्याे सेयर बजार, काराेबारमा नबिल बैंक अब्बल

साताको तेश्रो कारोबार दिन आज (मंगलबार) सेयर बजारमा भारी गिरावट देखिएको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा हिजोको तुलनामा कारोबार रकम भने बढेको छ । हिजाे ४ अर्ब ४२ करोडकाे काराेबार भएकाेमा आज ६ अर्बमाथिकाे काराेबार भएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ७९.७९ अंकले घटेर २७४९.८५ विन्दुमा झरेकाे छ । नेप्से २.८२ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १६.०२ अंकले घटेर ५१२.८२ विन्दुमा झरेको छ । 

कूल २२५ वटा कम्पनीकाे एक कराेड १९ लाख १७ हजार ७७ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५ सय ४७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेको छ ।

मंगलबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २९ कराेड ८२ लाख ८१ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन ३ कम्पनीको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । साहास उर्जा कम्पनी लिमिटेड, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे हाे ।

त्यसैगरी, आज महालक्ष्मी विकास बैंक लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार महालक्ष्मी विकास बैंकको सेयरमूल्य १० प्रतिशतले घटेर ७ सय ९३ रूपैयाँ ८० पैसा र  आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य १० प्रतिशतले घटेर ९ सय ५६ रूपैयाँ ७० पैसामा झरेको छ । कार्तिक ११ गते ६३९ रूपैयाँ रहेको महालक्ष्मी विकास बैंक लिमिटेडको सेयरमूल्य हिजोसम्म आइपुग्दा बढेर ८ सय ८२ रूपैयाँ पुगेको छ । ५ कारोबार दिनमा बैंकको सेयरमूल्य प्रतिकित्ता २ सय ४३ रूपैयाँले बढेको हो । कार्तिक ११ गते ७९० रूपैयाँ रहेको आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको सेयरमूल्य हिजोसम्म आइपुग्दा बढेर एक हजार ६३ रूपैयाँ पुगेको छ । ५ कारोबार दिनमा फाइनान्सकाे सेयरमूल्य प्रतिकित्ता २ सय ७३ रूपैयाँले बढेको हो । यी २ कम्पनीको सेयरमा कर्नरिङ भएको भन्ने समाचारहरू बाहिरीएपछि दुवै कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । नेपाल धितोपत्र बोर्डले पनि आईसिएफसी फाइनान्स र महालक्ष्मी विकास बैंकको सेयर कर्नरिङको अनुसन्धान गर्ने भएको छ । बजार सुस्त भईरहेका बेला खेलाडीहरुले आफ्नो शेयर बेच्नका लागि कृतिम मूल्य सृजना गरे पछि बोर्डले यस विषयमा अनुसन्धान गर्ने भएको हो ।

618a3e9703a2b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको