Like us!
Follow us!
Connect us!
Watch us!

फेसन पनि कस्ताकस्ता ? पातला र छोटा कपडाको माग धेरै

आइतबार, ०४ असार २०७४, १६ : ३९ मा प्रकाशित

फेसन पनि कस्ताकस्ता ? पातला र छोटा कपडाको माग धेरै

दिनिता लामिछाने
काठमाडौं– फोसनका कस्ता कस्ता रुप हुन्छन् ? महिलाले गर्मीमा कस्तो फेसन रुचाउँछन् ? जाडोमा उनीहरुको कस्तो कपडा लगाउने रुची होला ? एक छिन धरान घर भई कोटेश्वरमा लेडिज कपडा पसलको ब्यापार गदै आएकी सिवा देवानलाई भेटौं । गर्मी बढेको छ । उनको पसलमा यति खेर टिन एजर युवतीहरुको भिड बढ्न थालेको छ ।

कपडा पनि कस्ता कस्ता ? उनको पसलमा धेरै विक्री हुने कपडा जालिदार हुन् । टालेका, प्लालै प्वाल भएका, कुम खुल्ला भएका कपडाको ब्यापार धेरै रहेको उनी बताउँछिन् ।

बिगत ६ बर्षदेखि कोटेश्वरमा महिलाको कपडाको ब्यापार गर्दै आएकी देवानका अनुसार टिन एजर युवतीहरु छोटा वान पिस कपडा लाउन रुचि राख्छन् । तलदेखि माथीसम्म लगाइने एउटै कपडालाई वान पिस भनिन्छ । पार्टी, जमघटलगायतका अबसरमा लगाउन यस्ता कपडा खोज्न धेरै आउने उनी बताउँछिन् ।

उनका अनुसार अधिकांश महिलाहरु फेसनमा सोखिन हुन्छन् । त्यसैले महंगो कपडा भए पनि मन परेको भए जती पैसा हाल्न पनि तयार हुने उनी बताउँछिन् ।   उनको पसलका नयाँ डिजाईनका लेडिज कपडाहरु धेरै विक्री हुन्छन् । त्यसमा फेसनेबल लेडिज पाइन्टहरु ग्रन्च पाइन्ट, टालेको पाइन्ट, रक्की पाइन्ट, ब्याईफ्रेन्ड जिन्स र हाफ प्यान्ट धेरै बिक्ने गरेको उनले जानकारी दिइन् ।

टीनएजका केटीहरुको रुचीलाई बिचार गरेर कपडा ल्याउने गरेको उनी बताउँछिन् । ‘अहिलेका युवतीहरुको माग अपसोल्डर (कुममा प्लाल परेको), वन पिस र स्कर्ट रहेको उनले बताईन । ब्यवसायले उनलाई दिनको ५ हजारदेखि ७ हजार रुपैयाँसम्म नाफा दिने गरेको छ । उनको तीन जनाको परिवारलाई यही पसलले पालेको छ । उनले यसैको कमाइबाट छोरालाई ईन्जिनियर पढाउँदै आएकी छन् ।


गर्मी सिजनमा लेडिज कपडाको बिक्रीबितरण धेरै हुने गरेको उनको अनुभव छ । उनी न्युरोडका होलसेल पसलबाट कपडाा ल्याउँछिन् ।गर्मीको कपडा असोजसम्म विक्री हुन्छ । त्यसपछि जाडोको कपडाको सिजन सुरु हुन्छ । जाडो लागेपछि गर्मीका कपडा स्टोरमा थुपार्ने गरेको उनी बताउँछिन् । कतिपय कपडाको सिजन अर्को बर्षको गर्मी लाग्दासम्म सकिन्छ ।

त्यसैले उनले फुटपाथ पसलेलाई ती कपडा सस्तोमा बेच्छिन् । ‘केही कपडा आफन्तहरुलाई बाँडिदिने गरेको देवानले बताइन् ।उनले आफ्नो पेशाबाट सन्तुष्ट रहेको बताइन् । मेहनत गरे स्वदेशमै राम्रो कमाइ गर्न सकिने उनको भनाइ छ ।
 

5946704f34e6c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको