Like us!
Follow us!
Connect us!
Watch us!

२९३.७८ प्रतिशतले बढ्याे युनिक नेपाल लघुवित्तको नाफा, अन्य सूचक उत्साहजनक

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १२ : ०० मा प्रकाशित

२९३.७८ प्रतिशतले बढ्याे युनिक नेपाल लघुवित्तको नाफा, अन्य सूचक उत्साहजनक

युनिक नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार संस्थाकाे नाफा लगायत अन्य प्रमुख वित्तीय सूचकहरू पनि बढेकाे छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ३ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २९३.७८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ८२ लाख २० हजार रूपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १७.४५ प्रतिशतले बढेर ७ कराेड ७ लाख रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ६ कराेड २ लाख रूपैयाँ रहेकाे थियाे ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि बढेर ११ लाख २ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्था ३ करोड २० लाख रूपैयाँ सञ्चालन नोक्सानमा रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ९ करोड ६८ लाख रुपैयाँ र जगेडा कोषमा २१ करोड २१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको