Like us!
Follow us!
Connect us!
Watch us!

हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हट्यो पाकिस्तान सरकार

अर्थ संसार

बुधबार, २४ कार्तिक २०७८, १४ : १३ मा प्रकाशित

हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हट्यो पाकिस्तान सरकार

अन्ततः पाकिस्तान सरकारले हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णय फिर्ता लिएको छ । चौतर्फी आलोचनापछि सरकारले राजधानी इस्लामाबादमा हिन्दू मन्दिर निर्माणमा रोक लगाउने निर्णयबाट पछि हटेको हो ।

यसअघि इस्लामाबादस्थित राजधानी विकास प्राधिकरण (सीडीए) ले राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि छुट्टाइएको जग्गा खारेज गरिदिएको थियो । सो निर्णयपछि प्राधिकरणको चौतर्फी विरोध भएको थियो । 

राजधानीमा पहिलो हिन्दू मन्दिर निर्माणका लागि सन् २०१६ मा सरकारले ० दशमलब ५ एकड भूमि छुट्टाएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको