Like us!
Follow us!
Connect us!
Watch us!

मनाङमा स्याउ टिप्नकै चटारो...

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, ०९ : ५६ मा प्रकाशित

मनाङमा स्याउ टिप्नकै चटारो...

मनाङमा स्याउ टिप्ने चटारो छ । ङिस्याङ-१ भ्राताङको स्याउ बगैँचामा स्याउ टिप्नेको भिड लागेको हो । एग्रो मनाङको उक्त स्याउ फार्ममा मात्रै दैनिक ३०/४० जना कामदार स्याउ टिप्न खटिएका छन् ।

‘हाइ डेन्सिटी’ प्रविधिको उक्त फार्मको ७ सय ३५ रोपनीमा स्याउ फलेको छ । बगैँचामा ‘गाला’, फुजी र गोल्डेन जातका स्याउ पाकेसँगै कृषकको चटारो बढेको हो ।

कामदार बगैँचाका स्याउ टिप्न व्यस्त छन् । एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङका अनुसार बगैँचामा स्याउ पाकेसँगै टिप्न थालिएको छ । फार्ममा अघिल्लो वर्ष ४ सय ५० टन स्याउ फलेको थियो । यस वर्ष बढ्ने अनुमान गरिएको छ ।

मनाङ ङिस्याङको भ्राताङमा मात्रै होइन, चामे गाउँपालिका र नासों गाउँपालिकाका किसान पनि स्याउ टिप्न व्यस्त छन् ।

दुई दशकयता स्याउ खेती गर्दै आएका उनले सडकको पहुँच विस्तारसँगै पछिल्ला वर्ष स्याउ कृषकको संख्या बढ्न थालेको बताए । मनाङबाट निर्वाचित संघीय सांसद एवं एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले मनाङबाट नेपालमा स्याउखेतीमा एउटा क्रान्तिको सुरु भएको बताए । अहिले मनाङबाट काठमाडौं, पोखरा मात्रै नभएर तराईसम्म सडक पहुँच पुगेको छ । यसले गर्दा मनाङको स्याउले बजार पाउन थालेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको