Like us!
Follow us!
Connect us!
Watch us!

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १२ : २६ मा प्रकाशित

लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

लुम्बिनी विकास बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकले ४६ हजार एक सय ९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेकाे हाे ।

बैंकले यसअघि असाेज १८ गते एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो । बैंकले सेयरकाे मूल्य भने ताेकेकाे छैन ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे मुख्य कार्यालय, डिल्लीबजार, काठमाडाैँमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

618cbc729bd59.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको