Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल धितोपत्र बोर्डकोे अध्यक्ष बन्न १० जनाको आवेदन, कसले मार्ला बाजी ?

अर्थ संसार

विहीबार, २५ कार्तिक २०७८, १६ : ५३ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डकोे अध्यक्ष बन्न १० जनाको आवेदन, कसले मार्ला बाजी ?

नेपाल धितोपत्र बोर्डले अध्यक्षका लागि खोलेको विज्ञापनमा आवेदन दिने अन्तिम दिन आजसम्ममा १० जनाबाट आवेदन परेको छ । 

आज अन्तिम दिनसम्ममा बोर्डका कार्यकारी निर्देशक निरज गिरि, उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व सीइओ सिताराम थपलिया, बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, नेपाल राष्ट्र बैंकका पूर्व ​कार्यकारी निर्देशक डा. गोपाल भट्ट, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई, अनिल पौडेल र कृष्ण आचार्यको आवेदन परेको बोर्डले जनाएको छ । 

अर्थ मन्त्रालयले  बोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. बिश्व पौडेल,  अर्थसचिव मधु मरासिनी, र विज्ञ सदस्यको रुपमा प्रा.डा नारायण प्रसाद पौडेल सहितको सिफारिस समिति गठन गरेको हो यहि समितीले योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्ने छ र तिनैमध्ये बाट मन्त्रिपरिषद्को बैठकले एक जनालाई अध्यक्ष नियुक्त गर्ने कानुनी ब्यबस्था छ ।

भदौ १६ गते बुधबार बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षले गरेको सेयर कारोबारको छानबीन गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो । छानबीन गर्न समिति गठन गरेसँगै धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगाना आफ्नो काम कारबाहीबाट निलम्बनमा परेका थिए ।

ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा सरकारले उनलाई स्पष्टिकरण सोधेको थियो ।  उनले आइतबार सरकारलाई स्पष्टीकरण बुझाएका थिए । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएपछि सरकारले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको