Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको अप्पर स्याङ्गे हाइड्रोले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

आइतबार, २४ असार २०८०, १३ : ३२ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको अप्पर स्याङ्गे हाइड्रोले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू सिद्धार्थ क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनी लिमिटेडले असार १० गतेदेखि  असार १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ता सेयर बिक्री गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आईपीओमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरू, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

उक्त आईपीओकाे बाँडफाँड गत शुक्रबार अर्थात् असार २२ गते नै सम्पन्न भइसकेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको