Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको घोराही सिमेन्टले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

अर्थ संसार

मंगलबार, १६ साउन २०८०, १० : २६ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको घोराही सिमेन्टले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

घोराही सिमेन्टले सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।

कम्पनीकाे सञ्चालक समितिकाे बैठकले कम्पनीकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि हिमालयन क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे ।

अब उप्रान्त कम्पनीकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू हिमालयन क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

घोराही सिमेन्टले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता आईपीओ निष्कासन गरेको थियाे। 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म कुल ५ लाख ८१ हजार ५ सय ४६ जना लगानीकर्ताहरूले १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन दिएका थिए । जसमध्ये ५ लाख ५७ हजार ७ सय १ जना लगानीकर्ताहरूकाे आवेदन मात्र योग्य रहेकाे थियाे । आवेदन दिएका सबै लगानीकर्ताहरूले आईपीओ पाएका छन् । लगानीकर्ताहरूले न्युनतम १० कित्तादेखि अधिकतम ८० कित्तासम्म सेयर पाएका छन् । 

कम्पनीका अनुसार १० कित्तादेखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना लगानीकर्ताहरूले माग गरे बमोजिम कै सेयर पाएका छन् । त्यस्तै ८० कित्तादेखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता सेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता सेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता सेयर पाएका ४ हजार ६ सय ५७ जनामध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले सेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्तासम्म सेयर पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको