Like us!
Follow us!
Connect us!
Watch us!

भर्खरै आईपीओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ?

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, ११ : १५ मा प्रकाशित

भर्खरै आईपीओ निष्कासन गरेको सन नेपाल लाइफ इन्स्योरेन्सले कसलाई नियुक्त गर्याे सेयर रजिष्ट्रार ?

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ । 

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ३२ गतेदेखि भदाै ४ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओ यही शुक्रबार अर्थात् भदाै १५ गते बाँडफाँड हुने भएकाे छ । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मचेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार उक्त आईपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँड गरिन्छ ।

कम्पनीले सर्वसाधारणका लागि १०० रूपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी कुल २३९ रुपैयाँमा आईपीओ बिक्री गरेकाे थियाे । सर्वसाधारणका लागि ७६ लाख ८० हजार कित्ता छुट्याइएकाे थियाे ।

याे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ७७ हजार ७ सय ४४ जना लगानीकर्ताहरूले कुल १ करोड ७८ लाख ३२ हजार ३ सय कित्ताका  लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा २.३२ गुणा बढी आवेदन हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिन्छ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा  भाग्यमानी ७ लाख ६८ हजार जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी ८ लाख ९ हजार ७४४ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको