Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १० : २४ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकले तोक्यो बुकक्लोज मिति, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनार्थ बुक क्लोज मिति तय गरेको छ । 

बैंकले साधारसभा सहभागिता प्रयोजनार्थ र लाभांशका लागि मंशिर ६ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसर्थ मंशिर ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन र १६ प्रतिशत लाभांश लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३५ औँ वार्षिक साधारण सभा मंसिर १७ गते  दरबारमार्ग, काठमाडौँस्थित आफ्नो केन्द्रिय कार्यालयमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.६१ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित गरी ३.३८९ नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको वार्षिक प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तसम्मको बैंकको वासलात तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०७७र०७८ को नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण सहितका लेखा परिक्षण सम्बन्धी अनुसूचीहरू छलफल गरी पारित गर्ने, बैंकको आर्थिक वर्ष २०७८र०७९ को आय व्ययको लेखापरीक्षण कार्यका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन् । त्यस्तै सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सो सभाले पारित गर्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको