Like us!
Follow us!
Connect us!
Watch us!

रु रु जलविद्युतकाे नाफामा सुधार, अन्य सूचक के भए ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १० : ३२ मा प्रकाशित

रु रु जलविद्युतकाे नाफामा सुधार, अन्य सूचक के भए ?

रु रु जलविद्युत परियोजना कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ४.७३ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ३ करोड १८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी पनि ०.६६ प्रतिशतले बढेर ५ करोड १५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ५ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

त्यस्तै, कम्पनीको चुक्ता पुँजी ४४ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ७ करोड ९३ लाख रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ( ईपीएस) २९ रुपैयाँ ७३ पैसा पुगेको छ । कम्पनीकाे  प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २७ पैसा रहेकाे छ ।

कम्पनीले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

618df3ae9b1a9.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको