Like us!
Follow us!
Connect us!
Watch us!

नाडेप लघुवित्तको नाफा घट्नुमा के छ कारण ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, १० : ५७ मा प्रकाशित

नाडेप लघुवित्तको नाफा घट्नुमा के छ कारण ?

नाडेप लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ९४ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ७९.३८ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ४ करोड ५६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि २४.९० प्रतिशतले घटेर १० करोड २८ लाख ५४ हजार रूपैयाँमा झरेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १३ करोड ६९ लाख ५७ हजार रूपैयाँ रहेकाे थियाे ।

पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ७९.७७ प्रतिशतले घटेर एक करोड ४० लाख ५० हजार रूपैयाँमा झरेकाे छ । गत वर्ष संस्थाले ६ करोड ९४ लाख ६७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । संस्थाकाे खुद व्याज आम्दानी र सञ्चालन मुनाफा दुवै घटेपछि नाफा पनि घट्न पुगेकाे हाे ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ र जगेडा कोषमा ३७ करोड ९८ लाख १४ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ३५ रुपैयाँ ८ पैसाले घटेर ९ रुपैयाँ २९ पैसा (वार्षिक) मा झरेकाे छ । 

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

618df9905fcb1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको