Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तको नाफामा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

शुक्रबार, २६ कार्तिक २०७८, ११ : २८ मा प्रकाशित

नयाँ सारथी लघुवित्तको नाफामा सामान्य गिरावट, कस्ता छन् अन्य सूचक ?

नयाँ सारथी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले ६५ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६७ लाख ४८ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी ९.४६ प्रतिशतले बढेर ५ करोड १५ लाख २७ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ४ करोड ७० लाख ७५ हजार रूपैयाँ रहेकाे थियाे ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) १ रुपैयाँ २० पैसाले घटेर १० रुपैयाँ २८ पैसामा झरेकाे छ । संस्थाकाे प्रतिसेयर नेटवर्थ १९३ रूपैयाँ २७ पैसा रहेकाे हाे ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

618e026fb6bb0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको