Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा नयाँ सारथी लघुवित्तकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

अर्थ संसार

मंगलबार, २२ चैत्र २०७८, १७ : ०० मा प्रकाशित

नेप्सेमा नयाँ सारथी लघुवित्तकाे सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । 

स्टकका अनुसार कम्पनीकाे १९ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ७४ रूपैयाँ १२ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य एक हजार २ सय ७८ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाको चैत्र १२ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको तेह्रौँ वार्षिक साधारण सभा आगामी वैशाख १० गते संस्थाको प्रधान कार्यालय, धुलिखेल, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे सुरू हुनेछ । 

सभामा संस्थाको फागुन १० गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

624c268f82b2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको