Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ सारथी लघुवित्तको नाफामा सामान्य गिरावट, बढ्याे खुद ब्याज आम्दानी

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, १३ : ३९ मा प्रकाशित

नयाँ सारथी लघुवित्तको नाफामा सामान्य गिरावट, बढ्याे खुद ब्याज आम्दानी

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाकाे नाफा ६ करोड ४० लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा २.२२ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले ६ करोड ५५ लाख ३० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी भने ११.१९ प्रतिशतले बढेर १८ करोड ८६ लाख ७१ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी १६ करोड ९६ लाख ८३ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले ११ करोड ५५ लाख ५९ हजार रूपैयाँ सञ्चालन मुनाफा कमाएकाे छ । गत वर्ष संस्था ३६ करोड ९७ लाख ५० हजार रूपैयाँ सञ्चालन नाेक्सानमा रहेकाे थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ र जगेडा कोषमा २९ करोड ५३ लाख ६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी ( ईपीएस) ३३ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ८३ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

6274d45fcff7b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको