Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरको नाफा ४६ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ०७ : ४२ मा प्रकाशित

बुटवल पावरको नाफा ४६ प्रतिशतले बढ्यो, अन्य अवस्था कस्तो ?

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफासँगै अन्य सूचकमा पनि आकर्षक चमक देखिएको छ ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीले ७ करोड ५८ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ४६.१९ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ५ करोड १८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर २० करोड ७६ लाख रूपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर १९ करोड ३ लाख रुपैयाँ आम्दानी गरेको थियो । 

पहिलो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ५७ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ पनि २४० रुपैयाँ ०७ पैसा पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात १३.४१ गुणा रहेको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारको छः

61906d503e684.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको