Like us!
Follow us!
Connect us!
Watch us!

साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर, ९० प्रतिशत काम सकियाे

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, ११ : २२ मा प्रकाशित

साढे १३ करोडमा ११ तले तिलोत्तमा भ्यू टावर, ९० प्रतिशत काम सकियाे

रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्र (वनवाटिका) मा निर्माण हुन लागेको तिलोत्तमा भ्यू टावरको निर्माण ९० प्रतिशत सकिएको छ ।

चार वर्षअघि सुरु गरिएको भ्यू टावर निर्माणको काम अआ अन्तिम चरणमा पुगेको र ९० प्रतिशत सम्पन्न भएको केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले बताए । तिलोत्तमा नगरपालिका र शंकरनगर वन बिहार तथा अनुसन्धान केन्द्रको संयुक्त लागतमा भ्यू टावर बनाउन लागिएको हो । यसको कुल लागत १३ करोड ५८ लाख रुपैयाँ छ ।

११ तले भ्यू टावर दुई कट्ठा क्षेत्रफलमा बनिरहेकाे छ भने अन्य पर्यटकीय पूर्वाधार दुई बिगाहा क्षेत्रफलमा बन्दै छन् । टावरको उचाईँ १३३ फिट छ भने भुई तला ३ हजार ५ सय ९५  दशमलव ८९ वर्गफिटको हुनेछ ।

भ्यू टावरमा लिफ्टसहितको सुविधा हुने छ भने यसभित्र सुविधायुक्त रेष्टुरेन्ट, पर्यटक विश्राम गर्न र बास बस्न मिल्ने कोठा, पुस्तकालयलगायत संरचना रहने छन् ।

भ्यू टावर निर्माणमा लाग्ने कुल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिका र बाँकी ३० प्रतिशत शंकरनगर वन बिहार तथा अनुसनधान केन्द्रले खर्चिने छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का समझौता भएको भएपनि विभिन्न कारणले काममा ढिलाई हुन पुगेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए ।

भ्यू टावरबाट बुटवल, भैरहवा, लुम्बिनीसम्म देख्न सकिन्छ भने दूरविनको प्रयोग गर्दा भारतको गोरखपुर, नौतनवासम्मका शहर देख्न सकिन्छ । भ्यू टावरको माथिल्लो तलामा एक दर्जन टेलिस्कोप जडान हुनेछन् । 

अनुसन्धान केन्द्रले पूर्वाधार निर्माणमा हालसम्म १० करोड लगानी गरेको छ । वनवाटिका ५१.३४ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जहाँ ६ वटा पार्क, बाल रेल, चिल्ड्रेन पार्कसहित २१ प्रजातिका जनावर रहेका छन् । वनवाटिकामा अहिले दैनिक एकहजार पर्यटक आउने गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको