Like us!
Follow us!
Connect us!
Watch us!

पुनरकर्जाको लागि आवेदन दिन एनएमबि बैंकको आग्रह

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १२ : १७ मा प्रकाशित

पुनरकर्जाको लागि आवेदन दिन एनएमबि बैंकको आग्रह

एनएमबि बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंककाे "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७ (तेश्राे संशाेधनसहित)" मा भएकाे व्यवस्था बमाेजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई मंसिर ७ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

तोकिएको समयभित्र पुनरकर्जाको लागि निवेदन दिने पुनरकर्जाका लागि योग्य ऋणीहरूको आवेदनलाई नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड बमोजिम पुनरकर्जा सुविधा प्रदानगरि दिनका लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरिने र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएबमोजिम हुने गरी पुनरकर्जा सुविधा प्राप्त हुने पनि बैंकले जनाएकाे छ । 

बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

6190aed36856c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको