Like us!
Follow us!
Connect us!
Watch us!

सम्हालिँदै सेयर बजार : नेप्से झिनाे अंकले घट्दा ७ वटा उपसमूह हरियाे

नेप्से

आइतबार, २८ कार्तिक २०७८, १५ : ०० मा प्रकाशित

सम्हालिँदै सेयर बजार : नेप्से झिनाे अंकले घट्दा ७ वटा उपसमूह हरियाे

साताको पहिलाे कारोबार दिन आज (आइतबार) सेयर बजारमा झिनाे अंककाे गिरावट देखिएको छ । गत साता काराेबार भएकाे ३ दिन नै घटेकाे सेयर बजारले आज पनि ओरालो यात्रालाई निरन्तरता दिएको हो । तर आज भने बजार केही सम्हालिएकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा झरेकाे छ । नेप्से ०.०५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.२५ अंकले बढेर ५०२.४४ विन्दुमा झरेको छ । 

कूल २३० वटा कम्पनीकाे ७४ लाख ३४ हजार ५ सय ३७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५ सय २५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ६ वटा उपसमूहकाे सेयर घटेको छ ।

आइतबार पनि महालक्ष्मी विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २७ कराेड ३९ लाख ९३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन बोटलर्स नेपाल तराईकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै, तेह्रथुम पावर कम्पनी लिमिटेड र मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य पनि ९.९९ प्रतिशतले बढेकाे छ । आज महालक्ष्मी विकास बैंककाे सेयरमूल्य पनि ९.८७ प्रतिशतले बढेकाे छ ।

आज हाइड्राइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सेयर मूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता ३ सय १५ रूपैयाँमा झरेकाे छ ।

याे पनि :

अहिलेको नेप्सेको विस्तृत प्राविधिक अध्ययन,आउने साता के होला? के कुरा ध्यान दिने ? ShareTechFunda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको