Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकमा भिडियोबाट ५ मिनेटमै खाता खाेल्न सकिने

अर्थ संसार

आइतबार, २८ कार्तिक २०७८, १६ : ४९ मा प्रकाशित

एनएमबि बैंकमा भिडियोबाट ५ मिनेटमै खाता खाेल्न सकिने

एनएमबि बैंक लिमिटेडले भिडीयो केवाईसी, एक भिडियो कलमा आधारित ५ मिनेटमै देश विदेशमै रही खाता खाेली कारोबार गर्न सकिने योजना ल्याएको छ । एनएमबि बैंक नेपाली बैंकिङ्ग जगतमै सुरू देखी अन्त्यसम्मको पूर्ण डिजीटल रुपमा खाता खोल्ने प्रक्रिया शुरु गर्ने पहिलो बैंक हो।

ग्राहकहरूले एनएमबिमा भिडियो कल मार्फत अनलाइन नयाँ खाता खोल्न याे डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा/ अपडेट गर्न सक्दछन्।

भिकेवाईसीको लागी डिजीटल लिन्क यस प्रकार रहेको छ: https://vcc.nmb.com.np

"एनएमबिले ग्राहकहरूको लागी नेपालमा डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शरुवात गर्दैछ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधि भन्दामाथी उठेर बैंकमा नधाइकनै मुख्य बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्दछन् । हालको परिवेशमा पनि यस प्रकारका सेवाले ग्राहकहरूको लागि घरमै बसी बैंकिङ्ग कारोबार सहज बनाउनुको साथै सबै प्रकारको म्यानुअल कामलाई निर्मुल पार्दै पारदर्शिता, त्रुटिरहित र कागज विहीन बैंकिङ्ग प्रदान गर्दछ, जुन बैंकको ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गका सदस्यको नाताले वातावरण मैत्री बैंकिङ प्रति प्रतिवद्धता परिपुर्ति गर्नु रहेकाे छ ।", बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको